आदिबराह मन्दिरको उद्घाटन राष्ट्रपतिद्वारा

फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा निर्माण भएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ।

भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायत व्यक्तिहरु आउनुभएको हो ।

पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्व बढेर जाने अपेक्षा गरिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनु भएको छ।

बराह तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् ।

करिब डेढकरोड रुपियाँ खर्च भएको मन्दिर पुनर्निर्माणमा रविन्द्रजंग लामिछनेले २५ लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल छन् ।

साथै, राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभयो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like