कैलालीमा ३ जना ९ किलाे चरेससहित पक्राउ

काठमाण्डाैँ,

कैलालीमा  ९ किलाे चरेससहित ३ जनालाई पक्राउ गरिएकाे छ। धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटमा सीमा इलाकाबाट प्रहरीले ९ किलाे चरेससहित  ३ जनालाइ पक्राउ गरिएकाे छ।

रोल्पाको थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीले पक्राउ गरेकाे छ।

नेपालबाट भारततर्फ जाँदै गर्दा उनीहरूको साथमा चरेस फेला परेको र साथै उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like