चितवन, भरतपुर
देशव्यापी रुपमा नागरिक बचाउ अभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाई शनिवार चितवन आउने भएका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रसाई चितवनको कार्यक्रममा सहभागि हुन लागेको जानकारी दिएको हो ।
राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ अभियान लिएर दुर्गा प्रसाई शनिवार चितवन आउने,नारायणी किनारमा विशेष सम्बोधन गर्ने भएका छन् ।
कार्यक्रम संयोजक पदम पाण्डेका अनुसार कार्यक्रम शनिवार दिउसो १२ः३० बजे नारायणी नदी किनारमा हुनेछ । पाण्डेले दुर्गा प्रसाईको अभियान राष्ट्र बचाउने अभियान भएको दावी गरे । चितवनको कार्यक्रममा लाखौंको सहभागिता रहने उनको भनाई छ । बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु भएको पाण्डेले बताए । साथै पाण्डेले उक्त कार्यक्रममा उपस्थिति हुन सबैलाई आव्हान गर्नुभएको छ । १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियानको निरन्तरता स्वरुप चितवनमा पनि कार्यक्रम हुन लागेको हो । बर्दिया, धनगढीमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ ।
२० गते पछि काठमाडौं केन्द्रित कार्यक्रम शुरु गरिने पनि बताउनु भयो ।