राष्ट्रपतिमा मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् ।
‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकाे र प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो ? अहिले के कारण जाँदै हुनुहुन्छ ? एक महिना अघि एउटा सहमति गर्ने, अहिले अर्कै कुरा गर्ने अत्यन्त दाउपेच र स्वार्थी राजनीति कति परसम्म जान्छ ? उहाँले त्यसो गर्नुभयो भने हाम्रो पार्टी निर्णय लिन स्वतन्त्र छ । हामी कसैको दबाब वा प्रभावमा छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टराईले भने ।
कांग्रेस र माओवादीको गठबन्धन बने पनि एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने पनि उनले बताए । भट्टराईले थपे, ‘हो, उहाँहरुले फेरि गठबन्धन बनाउने कोसिस गर्नुभएको छ । तर परिणाम नआईकन टिप्पणी गर्नु धेरै हतारो हुन्छ । त्यस्तो गठबन्धन बनिहालेछ भने पनि नेकपा एमाले मन पराएको पार्टी हो । एमालेले उम्मेदवारी नदिनुपर्ने कारण के छ र ?’
एमालेले राष्ट्रपतिमा माधव नेपाललाई किन अघि सारेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, ‘राष्ट्रपतिका निम्ति एकल बहुमत पुग्ने मतभार हामीसँग छैन । त्यसकारण अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौं । त्यो एमालेभित्र वा बाहिर रहेको हुन सक्छ । पहिलो प्रयास पुस १० को सहमतिलाई जोगाएर जाऊँ भन्ने हो । त्यो नभएका अवस्थामा जित्ने र उचित व्यक्तिको छनोट गर्छौं । तर अहिले नै व्यक्तिका ’boutमा बोल्ने स्थिति छैन ।’
प्रचण्डलाई उनले राजनीतिक नैतिकता देखाएर पुस १० को सहमति अनुसार अघि बढ्न पनि आग्रह गरे । उनले भने, ‘प्रचण्डले पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन मलाई थाहा छैन । उहाँसँग नजिक भएका मानिसहरुले भएको थिएन भनिरहेका छन् । त्यो सहमतिमा राजेन्द्र लिङदेन र रवि लामिछाने नै साक्षी हुनुहुन्छ । एमालेभन्दा तेब्बर सिट कम भएको पार्टीले प्रधानमन्त्री लिने अनि राष्ट्रपति पनि आफूले भनेको व्यक्ति हुनुपर्छ भन्न मिल्छ ?’
राष्ट्रपतिका निम्ति अत्यधिक चलखेल भइरहेको आरोप पनि उनले लगाए । भट्टराईले भने, ‘हो, राष्ट्रपतिका निम्ति छिमेकीहरुको चासो छ । तर, राजदूतहरुले यसकै निम्ति भेटघाट गरिरहेका छन् भन्ने पनि होइन । अरु देशका राजदूतले गोप्य मन्त्रणा गर्दा पनि केही हुँदैन, चिनियाँ राजदूतको भेटलाई मात्र किन हाई साउन्डिङ गरिएको हो भन्ने मैले बुझेको छैन।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like