मोटरसाइकलको ठक्करबाट लालबन्दीमा पैदलयात्रुको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

फागन ११ गते।  बिहान मोटरसाइकलको ठक्करबाट पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा एक पैदलयात्रुको मृत्यु भएको छ।

बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय मौजे साह रौनियार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मृत्यु भएको हो।

लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका वृद्ध रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया  पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएका छन।

वृद्धलाई बिहीबार बिहान ७ बजेतिर ओमशान्तिमा जानका लागि सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। मोटरसाइकल र त्यसका चालक महोत्तरीको गौशाला नगरपालिका–८, बस्ने २२ वर्षीय अनिल पाचे मगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभएकाे छ।।

सम्झौता गर्न भन्दै  बागमती युवा क्लबसँग फुटबल खेल्नका लागि बिहीबार बिहानैदेखि दाइसँगै बागमतीतर्फ जाँदै गर्दा मगरले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको