राप्रपा केन्द्र सरकार संगै प्रदेश बाट पनि आउट

समाचार शेयर गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहितको आठ दलीय गठबन्धनमा गएपछि सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले धुम्बाराहीमा पार्टीको कार्य सम्पादन समिति र संसदीय दलको आकस्मिक संयुक्त बैठक बोलाएको थियो । राप्रपाले पछिल्लो घटनाक्रममा सरकारमा रहने या नरहने विषयमा बैठकले टुंगो लगाउने बताइएको थियो ।

सत्ता साझेदारको ठूलो दल नेकपा एमालेले ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ । बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्नुका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्ने नेताहरूले बताएका छन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा लगायतका आठ दल राष्ट्रपतिमा कांग्रेसलाई सघाउन तयार भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ । नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी एकातर्फ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको