बुटवलमा पत्रकार हिंतगाकाे मृत्यु बसले माेटरसाइकललाई ठक्कर दिंदा

काठमाण्डाैँ,

१४ फागुन बुटवलकाे मिलनचाेकमा भएकाे सवारी दुर्घटनामा परी रूपन्देहीका पत्रकार मनाेज हिंतगाकाे मृत्यु भएकाे छ।

हिजाे फागुन १३ गते शनिबार बुटवलकाे मिलनचाेकबाट अस्पताललाईनतर्फ जादैँ गरेकका हिंतगालाई विपरीत दिशाबाट आउँदै गरेकाे सुदुरपश्चिम प्रदेश ०७ ०२ ००१ख १२२६ नम्बरकाे महाकाली यातायातकाे बसले बसपार्क नजिक राति करिब सवा ११ बजे लु८प९०६८ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे पाइन्छ।

यस्तै गरी बसकाे ठक्करपछि घाइते भएका हितंगाकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे।  उनी एनएनटिभीकाे लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताकाे रूपमा कार्यरत भएकाे पाइन्छ। पाल्पाकाे तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलकाे बुद्दनगरमा बस्दै आएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like