परिक्षाकाे मुखमा शिक्षकहरू स्कुलमा ताल्चा लगाएर भारत भ्रमणमा

काठमाण्डाैँ,

रूपन्देहीकाे कोटहीमाई गाउँपालिका-५ स्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीको टोली पठनपाठन बन्द पारेर साताव्यापी भारत भ्रमणमा निस्केको पाइन्छ।

फागुन १२ रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित मर्चवार आदर्श माध्यमिक विद्यालयकामा शिक्षक र कर्मचारीहरू पठनपाठन बन्द गरेर भारत भ्रमणका लागि निस्केकाे देखिन्छ। गाउँपालिकालाई जानकारी नगराईकन आन्तरिक समझदारीमा शिक्षकहरु उत्तराखण्ड पुगेपछि चर्को विरोध भइरहेको छ ।

वार्षिक परिक्षा नजिकिदै विधार्थीहरू मर्कामा परेका छन। त्यस्तै  कक्षा १ देखी १२ सम्मकाे पढाइ बन्द रहेकाे छ। विधालय भ्रमणकाे  ’bout कुनै छलफल नगरेकाे कुरा गाउँपालिकाका शिक्षा अधिकृत अमृता बुढाथोकीको भनाइ छ ।

गत फागुन १२ गते गाउँपालिकालाइ फागुन १४ देखि फागुन १७ गते सम्म विधालय बन्द रहने प्रधानाध्यापक धनञ्जयकुमार त्रिपाठीले पत्र पठाएकाे कुरा उनी बताउछिन्।उनका अनुसार गाउँपालिकाले विद्यालय बन्द गर्न नमिल्ने जानकारी गराउन खोज्दा शिक्षकहरु भारत गइसकेका थिए।

‘प्रधानाध्यापक त्रिपाठीले फागुन १४ गतेदेखि शैक्षिक भ्रमणका लागि भारत जाने भनेर फागुन १२ गते पत्र पठाउनुभएको रहेछ । पत्रमा विद्यालय बन्द रहने व्यहोरा मात्र उल्लेख छ । गाउँपालिकासंग स्वीकृति नलिई विद्यार्थीको पढाइ अलपत्र पारेर घुम्न जान मिल्दैन् भन्नलाई त्यही दिन उहाँलाई फोन गर्यौं’, उनले भनिन्,‘उहाँहरु त्यही दिन भारत गइसक्नुभएको रहेछ । शिक्षकहरु आन्तरिक रुपमा कुरा मिलाएर भ्रमणमा जानुभएको भन्ने थाहा पाइयो ।’

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like