सवारी दुर्घटनामा परि सप्तरीमा ३ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज फागुन १६, मङ्गलबार सप्तरीमा सवारी दुर्घटामा परि ३ जनाकाे मृत्यु भएकाे छ। बिहेकाे घाेडा बाेकेकाे प्र २- ०२ -००१ ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा बिहान एकआपसमा ठक्कर खादाँ एक महिला र एक पुरूषकाे मृत्यु भएकाे कुरा सप्तरी प्रह्ररीले जानकारी दिएकाे छ।

घाेडा बाेकेकाे बाेलेराे पूर्वबाट पश्चिम र स्विकारपियाे पश्चिमबाट पूर्वतर्फ जादैँ गर्दा कञ्चनपुर नगरपालिका ९   विष्णु मन्दिर नजिक एकआपसमा ठाेक्किएकाे थियाे । यसै गरी मृत्यु हुने सुनसरीकाे दुबही नगरपालिका–३ का संजय चौधरीको श्रीमती ४० वर्षीया राजकुमारी चौधरी र सोही उमेरका हरेराम साह स्कारपियोमा सवार रहेको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताए।

त्यस्तै बाेलेराे पिकअप रहदाँ दुइ वटा  घाेडामध्य एउटा घाेडा उछ्टिएर सडकमा पछारीदा तत्कालै मृत्यु भएकाे छ।

दुवै गाडीमा सवार १२ जना घाइते भएकोमा कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ।

यसैगरी सोमबार मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जीजे १० बिजी ८१३३ नम्बरको कारको ठक्करले पैदल यात्रीको मृत्यु भएको सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए। ठक्करले घाइते भइ उपचारको लागि स्थानीय भारदह अस्पताल लगिएकोमा उपचारको क्रम्मा उनको मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने कार र कार चालक भारत सुपौल जिल्ला भिमनगरका ४९ वर्षीय राहुल सिंहलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको