अस्पतालले बिरामीलाई विश्वास दिलाउनुपर्छ:प्रदेश स्वास्थ्यमन्त्री पन्थी

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

फागुन १६ गते  लुम्बिनि  प्रदेश सवास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीहरूलाई भराेसा दिलाउने उपचार गर्नुपर्छ भन्ने  बताउनुभएकाे छ।

यस्तै बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्वपूर्ण अस्पताललाई विशिष्टकृत अस्पताल बनाउनुपर्ने बताउनुभयो ।

१० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया सुरुवात गर्ने र गरूयाेजना अनुसार नै अस्पतालकाे स्तराेन्नती हुने जानकारी दिनुभएकाे छ।

आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्नेगरी अस्पताल विकास हुनुपर्ने धारणा राख्नुभयो । पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको