काठमाण्डाैँ,
हात्तिकाे आक्रमणबाट मृत्यु भएकाे परिवारलाई १\१ लाख रूपैँया राहत दिने वाग्मति प्रदेशले निर्णय गरेकाे छ।यस्तै मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएको परिवारहरूलाइ राहत दिने निर्णय गरेको पाइन्छ।
मकवानपुरको मनहरी-४ की ६४ वर्षीया राधा अधिकारी, बकैया-५ का सन्तलाल माझी र कमलामाई-१३ सिन्धुलीका ४० वर्षीय डण्डपाणी पौडेल हात्तिकाे आक्रमणबाट मृत्यु भएकाे र उनिहरूकाे परिवारलाई क्षतिपुर्ति स्वरूप १\१ लाख रुपैयाँ राहत दिने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जनाएकाे छ।
यस्तै गरी हात्तिकाे आक्रमणबाट अधिकारीकाे ८, माझीकाे ११र पाैडेलकाे १३ मा मृत्यु भएकाे थियाे। आज नै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको मन्त्री थपलियाले जानकारी दिएकाे छ।