नि:शुल्क स्वास्थ्य बिमा दिने दलित समुदायलाई

काठमाण्डाैँ,

सागुँरीगढी समुदायकाे दलित समुदायहरूकाे  लागी नि :शुल्क बिमा गराएकाे छ।पाचँजनासम्मकाे परिवारलाई सरकारले ताेकेकाे निश्चित रकम र साेसङ्याभन्दा बढि प्रतिब्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकाे हाे।

हालसम्म पालिकाले एक  सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको भन्दै पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो छ । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उहाँको भनाइ थियो ।

यस्तै गएकाे साउनदेखि पालिकाले निति तथा कार्यक्रमहरूमा समावेश गरी उक्त कार्यक्रम ल्याएकाे कुरा पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिएकाे पाइन्छ।  यस्तै उहाँले भन्नु भयाे ” उत्पिडित  र पछि परेका  दुखी गरिब समुदायलाई राज्यकाे उपस्थितिकाे प्रत्याभुति दिन याे सुविधा दिइएकाे हाे। ”

उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like