काठमाण्डाैँ,
चर्काे ब्याजदरकाे विराेध गर्दै धनगढिमा बजार बन्द गरिएकाे छ। यसरी ब्यापारलाई मार्न पाइदैन भन्दै ब्यवसायीहरू विराेधमा सडकमा उत्त्रिएका छन। ब्यवसाय नै विस्तापित हुने गरी बैंकहरूले बढाएकाे ब्याज र राष्ट्र बैकंले लिएकाे नितिकाे विराेधमा सडकमा उत्रिएका हुन। यस्तै गरी लामाे समय सम्म ब्यावसायीहरूकाे समस्या समाधान गर्न माग गर्दा सम्बन्धित निकायले मतलब नगरेकाे भन्दै कैलालीका उधाेग वाणिज्य संघले चरणबद्द अनदाेलनकाे घाेषणा समेत गरेकाे पाइन्छ।यसअनुसार सम्पूर्ण पसलहरू बिहान ११ बजेसम्म बन्द गरी व्यवसायीहरू सडकमा उत्रिएका थिए।
राष्ट्र बैंकले प्रर्दशनका क्रममा अर्थतन्त्र सुधारका नाममा अव्यवहारिक निति परिवर्तनकाे माग गर्दै व्यवसायिहरूले चर्काे ब्याजदर सम्बन्धि विराेध गरेकाे पाइन्छ।
व्यवसायीहरूले प्रर्दशनका क्रममा ‘बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘व्यापारी मार्न पाईंदैन’ लगायतका पम्प्लेटसहित नाराबाजी गरेकाे र त्यस्तै, पछिल्लो समय चर्को ब्याजका कारण व्यवसायी मर्कामा परेको र सरकारले त्यसको समाधान नगरेसम्म आन्दाेलन थप चर्काउने व्यवसायीहरुले चेतावनी समेत दिएका देखिन्छ।