रबि – प्रचण्ड बिच बाक्लो भेटघाट

काठमाडौं

रास्वपाको  सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकार’bout खासै छलफल नै नगरी समर्थन कायमै राखेको छ । पार्टीले माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको छैन । रास्वपा महामन्त्री नुकुल ढकालले केन्द्रयि समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दे परिस्थितिमा तात्विक फरक नआएकाले सरकारका विषयमा बैठकमा छलफल नै नगरेको प्रतिक्रिया दिएका थिए । ‘अहिले जे जस्तो परिस्थिति छ, त्यो हाम्रो लागि बदलिएको परिस्थिति होइन, ‘उनले भने, ‘हिजो पनि हेर्दै जाऊँ भन्नेमा थियौं, अहिले पनि त्यसमै छौं ।’ सरकारबाट बाहिरिएपछि पनि सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग संवाद निरन्तर गरिरहेकाले रास्वपा फेरि सरकारमा जान सक्ने आकलन गरिएको छ ।

 

‘सरकारबाट बाहिरिए पनि प्रधानमन्त्रीज्यूसँग हाम्रो पार्टी सभापति निरन्तर संवादमै हुनुहुन्छ’, ढकाल भन्छन्, ‘फेरिएको परिस्थितिमा हामी सरकारमा जान सक्छौं । पहिले पनि हामीले हाम्रो कुरा स्पष्ट गरेका छौं ।’

 

रास्वपा आम चुनावबाट प्रतिनिधिसभामा आएको नयाँ दल हो । ४ मंसिरको चुनावअघि नयाँलाई रोजौं भनेर प्रचार गरेको रास्वपा २० सिटसहित चौथो ठूलो पार्टी बनेको थियो । पहिलोपटक संसदमा प्रवेश पाएका यी दलले सत्तासँग दुरी राख्न चाहेका छैनन् । चुनावी परिणाम आउँदा नआउँदै रवि लामिछानेले ठूला दलसँग सत्ताका लागि संवाद सुरु गरे गृहमन्त्री बन्न सफल भएका थिए । रास्वपा भने राष्ट्रपति निर्वाचनमा गठबन्धनमा सहभागी भइसकेको छैन । नागरिकता मुद्दामा गृहमन्त्री पद गुमाउन पुगेका सभापति लामिछानेले नेपाली नागरिकता लिएपछि फेरि गैरसांसदको हैसियतमा सोही मन्त्रालय दाबी गरेका थिए । नपाएपछि सरकार छाडेका उनी फेरि सरकारमा जान लालयित देखिएका छन् । रास्वपा मात्रै होइन, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समेत प्रचण्ड सरकारको साथ छोडेको छैन ।

राप्रपा र एमाले ले समर्थन नै फिर्ता गरिसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like