उत्पादन संगै तरकारीकाे भाउ पनि घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,

१८फागुन । लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् ।किसानहरू टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका  यो याममा भने चिन्तित छन् ।

अघिलाे सालमा  सिमी प्रति किलाे रू ६० सम्ममा बिक्री भएकाे र याे सालमा भने २० रूपैया पाउन पनि गाह्राे भएकाे छ भन्दै स्थानिय कृषक डम्बरकुमारी कार्किले बताएका छन्।

अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् ।

उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको सङ्ख्या बढ्दो छ । सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरुको भनाइ छ ।

नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका पाँच वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् । वार्षिक रु १०÷१० करोड माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताए ।

यस्तै किसानहरू समयमै बिउ मल र बजार नपाउँदा  चिन्तित भएका छन्। समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताए त्यसै गरी नेपाली सब्जीले बजार नपाउनुका कारण भारतीय सब्जी हाे भन्ने कृषककाे गुनासाे रहेकाे छ।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करिब पाँच सय हेक्टर जमिनमा एक हजार पाँच सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको