काठमाण्डाैँ,
१४ वर्षीय बालककाे हत्याकाे आरोपमा सुनवर्सी नगरपालिका ९ का दुई जना पक्राउ परेका छन्।
स्थानिय ३५ वर्षीय बिरेन्द्र पासवान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवान पक्राउ परेका छन्। सुनवर्सी नगरपालिका–१ का डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केकोमा घर नफर्केपछि प्रहरीलाई खबर गरेकाे कुरा प्रहरी कार्यालयले जानकारी दिएका छन्।
बालककाे शव पाेखरीकाे डिलमा गाडेकाे अवस्थामा प्रहरीले फेला पारेका थिए।
यसअघि, खोजबिन गर्ने क्रममाआफन्त र स्थानीयले बालकको शव पोखरीको डिलमा गाडेको हुन सक्ने आशंका गरी प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले बालकको हत्या गरी शरीर गाडेको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान अघि बढाएको थियो। बालकको हत्या आरोपमा पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।