शर्मिलाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

शर्मिला वाइबा आफूलाई सामाजिक अभियन्ता बताउने हिजाे राति विष पिएर आत्महत्याको प्रयास गरेकी छिन्।

काठमाडाैँकाे बानियाँटारस्थित आफ्नै निवासमा बुधबार राति शर्मिला वाइबाले विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

 यस्तै अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। उनकाे अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्। तर विष पिउनुको  कारणबारे बताउन मानेकी छैनन्।

वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन्। धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।

यस्तै उनि अभिनेता पल शाहलाइ स्वागत गर्न काठमाण्डाैँ विमानस्थल पुगेकाे थिइन्। त्यस समयमा पनि  उनले यही विषयमा गायक राजेश पायल राईसँग लफडा गरेकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको