अत्याधिक वायु प्रदुषण काठमाण्डाैँ उपत्यका र बुटवलमा

काठमाण्डाैँ,

काठमाण्डाैँ उपत्यका र बटवलमा अत्याधिक वायु प्रदुषण बढेकाे छ। त्यसैले बिना अवाश्यक घरबाट निस्कने र निस्किए पनि माक्स लाएर निस्कने वातावरण विभागले  आग्रह गरेको छ। अन्य क्षेत्र भन्दा बुटवलमा बढी प्रदुषण बढेकाे देखिन्छ।यस्तै काठमाण्डाैँ उपत्यकामा पनि प्रदुषण उच्च छ। यस्तै वायु प्रदुषण दाङ र धनकुटामा पनि बढि भएकाे देखिन्छ।

हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ पुगेको छ।

यो आज बिहान आठ बजेको मापन हो। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ। त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ।

यसकारण बुटवल र काठमाडौंको प्रदूषण अत्यधिक बढेकाे हाे। प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विज्ञले सुझाव दिएका छन्।

त्यस कारण घरबाट बाहिर ननिस्कने र  यदि जरूरी काम परी निस्कँदा मास्क लगाउन उनीहरुले सुझाव दिएका छन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like