महिला मृत फेला बर्दियाकाे भुरीगाउँमा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

ठाकुरबाबा नगरपालिका– १ भुरीगाउँको सडक किनारमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । नेपाल टेलिकम कार्यालय नजिक कञ्चनपुर– नेउलापुर जाने सडक किनारमा ठाकुरबाबा– ५ गोविन्दपुर घुम्ना फाँटाकी ४२ वर्षीया सन्चुरिया थारु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

थारू औषधि लिन भुरीगाउँ हिडेकी राति अबेरसम्म् पनि घर नफर्केकाे र साेही दिन घरकाले अबेरसम्म खाेजी गर्दा थारूकने शव फेला परेकाे थिएन।

बुधबार बिहान स्थानीयले सडक किनारामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय र जिल्लाबाट डिएसपी बोहोराको नेतृत्वमा तीन दिनदेखि घटनाका सम्बन्धमा अनुसन्धान गरेपनि वास्तविकता बाहिर आउन सकेको छैन ।

‘घटनास्थलमा उनले प्रयोग गरेको साइकल र बाँया खुट्टामा सामान्य खस्रेको देखिन्छ,’ उनले भने, ‘शरीरको अन्य भागमा चोटपटक देखिँदैन, पोष्टमार्टम रिपोर्ट आउनासाथ अनुसन्धानमा सहज हुने छ ।’ मृतकको साइकल पनि घटनास्थल नजिक रहेको र मृतक महिलाको चप्पल र सल पनि नभएकोले शंकास्पद रहेको परिवारले गम्भीररुपमा छानबिन गर्न माग गरेका छन् । मृतक थारुका श्रीमान्, दुई छोरा, बुहारी छन् । दुई छोरा र एक बुहारी कामको सिलसिलामा काठमाडौं बस्दै आएको डीएसपी बोहोराले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको