कामाण्डाैँ,
व्यवस्थापन वर्तमान टसबहादुर राईले आफू अनुकूल भेला नबोलाएको भन्दै वागेश्वरी आधारभूत विद्यालय गोहिया उदयपुरगढी गाउँपालिका ६ का प्रअ अम्बरबहादुर कार्कीमाथि गरेका हुन्।मादकपदार्थ सेवन गरी पुगेका राइले विधालय अभिभावक भेला सञ्चालन भइरहेकाे बेला एक्कासी प्रअमाथि ज्यानमार्ने धम्की दिँदै हातपात गरेको स्थानीय ढकबहादुर राउतले बताए
प्रअ कार्किले स्थल नेतृत्व चयनका लागि बोलाइएको भेला पटक–पटक रोक्न आदेश दिएको नमान्दा आफूमाथि हातपात भएको कुरा बताएका छन्। । ‘व्यवस्थापन समितिको कार्यकाल पूरा भएपछि नयाँ नेतृत्वका लागि भेला बोलाइएको हो उनले भने,‘अध्यक्षज्यु सधैं आफू अनुकूल खोज्नु हुन्छ,कतिपटक सार्नु ?’
स्थलमा नै हातपात भएपछि प्रअ कार्की कार्यक्रम छाेडेर चौकी नेपालटारको शरणमा पुगेका छन् । घटनाको शिक्षक सम्बद्ध तीन संगठनहरूले निन्दा गर्दै तत्काल दोषिमाथि कारबाहीको माग गरेका छन् । शुक्रबार उदयपुरगढी गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्यामबहादुर कार्की,नेपाल शिक्षक संघका अध्यक्ष पदमबहादुर तामाङ्ग र अखिन नेपाल शिक्षक संगठनका सहसचिब उद्धबबहादुर कार्कीले संयुक्त विज्ञप्ति जारी गर्द दोषिलाई कडा कारबाही गरी विद्यालयलाई शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरिएको छ ।
शात्तिपूर्ण तवरबाट राखिएका जायज माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ । छिमेकी विद्यालय,अभिभावक उपस्थित रहेको उक्त कार्यक्रममा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले प्रअमाथि गरिएको दुव्र्यवहार निन्दनीय भएको विज्ञप्तिमा भनिएको छ ।