साढे ८ हजार भन्दाबढिलाई धागाे उत्पादक कम्पनिले राेजगार दिने

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

धागाे उत्पादन संघले सञ्चालन गरेको दक्ष रोजगारी कार्यक्रम अन्तर्गत ३ हजार ६९२ जनाले   नेपालमा जागिर पाएका छन् । संघका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमबाट यस्तो जनशक्तिको विकास भएको हो ।

यो संघमा रिलायन्स स्पिनिङ मिल्स, जय स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिकोट इन्डष्ट्रिज सदस्यहरू पाँचवटा धागो उत्पादक कम्पनीहरुको संगठनका रुपमा रहेका छन् । यी कम्पनीहरुले वार्षिक रुपमा ११ अर्ब रुपैयाँ भन्दा बढिको धागो र कपडाहरुको निर्यात गर्दै आएका छन् ।

संघले दुई वर्ष भित्र ८ हजार ५५० जना दक्ष कामदार गर्ने योजनाका साथ सञ्चालन गरेको सो कार्यक्रम  पुरा हुन अझै एक वर्ष बाँकी छ । संघका अनुसार निर्धारित समयमा लक्ष्य बमोजिमका दक्ष कामदारहरु प्रशिक्षित गरिसक्ने योजना बनेको छ । सन् १०९९७ मा गठन भएको यो संस्था धागो उत्पादक कम्पनीहरुको छाता संस्था हो । जसले धागो उत्पादन गरिरहेका कम्पनीहरुको विस्तार र निर्यात क्षमता अभिवृद्धिमा रहेर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको