बढि भाडा असुल्ने आराेपमा ५ जना पक्राउ

काठमाण्डाैँ,

यात्रुसँग ताेकिएकाे भन्दा बढि भाडा असुल्ने क्रममा ५ जनालाइ  प्रहरीले प्रकाउ गरेकाे छ। काठमाण्डाैँबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग हाेलिकाे अवसरकाे नाममा  चालक र काउण्टरले बढि भाडा असुलेकाे  यात्रुहरूकाे गुनासाे  आएपछि प्रहरीले अनुगमन गरेका थिए।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको ट्राफिक प्रहरीले आज बिहान बल्खु क्षेत्रमा विशेष अनुगमन गरी उनीहरुलाई पक्राउ गरेकाे हाे ।

सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकका २४ वर्षीय दुर्गा तामाङ, मकवानपुरका २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाण्डौका ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराका २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटका २४ वर्षीय कृष्ण बहादुर योञ्जन  पक्राउ परेका छन्।यस्तै ताेकिएकाे भन्दा बढी यात्रुसँग असुल गरेकाे भाडा  यात्रुहरूलाइ फिर्ता गरेकाे प्रह्ररीले जनाएकाे छ।

नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको प्रहरीले बताएका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like