काठमाण्डाैँ,
स्कुल बसकाे ठक्करबाट कैलालीमा एक वृद्धाकाे भ्एकाे छ।
प्रह्ररीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट साइपाल स्कुलको से १ क४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको हाे।
बसकाे ठक्करबाट गम्भिर घाइते भएकाे आलेमगरको उपचारकाे क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाले जनाएकाे छ। प्रादेशिक अस्पतालमा उनकाे शव परिक्षणका लागी राखिएकाे छ।यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
उनीहरूले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।