काठमाण्डाैँ,
जुवा खेलेकाे आरोपमा ललितपुरमा १२ जना पक्राउ परेकाे प्रहरीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलका अनुसार ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको हाे।
यस्तै जुवा तास खेलेकाे थाह पाएपछी प्रहरीहरू खटिएका थिए।उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ।
प्रहरीका अनुसार घरधनि इश्वरी खड्काले उनीहरूलाई जुवा खेलाएको हाे। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।