ओखलढुंगाको चिसंखुगढीमा बोलेरो दुर्घटना, २ को मृत्यु, ९ गम्भीर

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

फागुन २१,आइतबार ओखलढुंगाका चिसंखुगढीमा बाेलेराे दुर्घटनामा परी २ काे मृत्यु र ९जना घाइते  भएका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार आइतबार बिहान दियालेमा चिसंखुगढी गाउँपालिका ३ चापकाेटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जादैँ गरेकाे १ ज ८४७३ नम्बरकाे बाेलेराे दुर्घटना भएकाे जानकारी दिएका छन्।

दुर्घटनामा परी मिनबहादुर श्रेष्ठ र भक्त बहादुर थापाकाे मृत्यु भएकाे कुरा प्रत्यक्षदर्शी राजु शर्माले जानकारी दिएका छन्।साेही दुर्घटनामा परी गम्भिर घाइतेहरूलाइ उपचारकाे लागी नेपाली सेना  नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ । यस्तै   बाेलेराेले क्षमता भन्दाबढी यात्रु बाेकेकाे कारणले दुर्घटना भएकाे  प्रहरीकाे अनुमान रहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको