रामचन्द्र पाैडेललाई जिताउने उदेश्य अभिमुखिकरण कार्यक्रम स्थगित

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

२१ फागुन । आठ दलिय गठबन्धनका राष्ट्रपतिको साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जिताउने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम स्थगित भएको छ ।

आगामी फागुन २४ गते राष्ट्रपतिमा पौडेललाई मत दिन र पुरानो गठबन्धन जगाउनुको कारणबारे जानकारी दिन सांसदहरुको संयुक्त भेला आयोजना गरिएको थियो ।

राष्ट्रपतिकाे निर्वाचन आगामी  फागुन २५ गते हुदैँछ। यस्तै  निर्वाचन आयोगले लागु गरेको आचारसंहिताका कारण भेला रोकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आठ दलहरुले संघीय र प्रदेश सांसदहरुको संयुक्त भेला बोलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको