काठमाण्डाैँ,
फागुन २२ गते । कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जोड्ने २२ किलोमिटर सडक कालोपत्रे पूरा हुन सकेको छैन। सडक कालोपत्रे हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन्।
यस्तै ,सडक नबन्नाले बालबालिका तथा वृद्ध्हरूकाे स्वास्थ्यमा नकारात्मक असर पारेकाे छ। धुलाेमय सडकका कारण विभिन्न किसिमका राेगकाे सङ्क्रमण हुने खतरा बढकाे छ।
तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय सडक सुधार परियोजना एसएनआरटीपीमार्फत १० करोडको लागतमा सो निर्माण भएको थियो। करिब २२ किलोमिटर कपिलवस्तुको टिक्कर, बुड्ढी, बिजगौरी हुँदै तौलिहवा जाने सडक हाल आएर टिक्करबाट कालोपत्रेको काम सुरु भए पनि बजेट अभावमा पूरा हुन सकेको छैन।
बुद्धभूमि नगरपालिकास्थित घनचौरादेखि बुड्ढी–हनुमानचोक हुँदै तौलिहवा जाने सडक ठाउँठाउँमा भत्किँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कातिर स्थानीयले हिउँदमा धुलामेय र वर्षायाममा हिलामे सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्य छ।
नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले यहाँ आवश्यक बजेट विनियोजन नहुँदा कालोपत्रेको काम अलपत्र परेको बताउनुभयाे।