लगातार फ्लप भए ज्ञानेन्द्र मल्ल

काठमाण्डाैँ,

आज नेपाली ब्याटरहरू आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा कमजाेर देखिएका छन्।

नेपालले सुरूवातमै दुइ विकेट गुमाएकाे र नेपालले नाै ओभरभित्र आफ्नो दुवै ओपनर गुमाइसकेको छ।  कुशल भुर्तेलको अनुपस्थितिमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन्। २६ बल सामना गरेका ज्ञानेन्द्रले ११ रन बनाए । उनले दुई चौका प्रहार गरे।

त्यसअघि पाँचौँ ओभरको दोस्रो बलमा नेपालले आसिफ शेखलाई गुमाएको थियो। १४ बलको सामना गरेका आसिफले ६ रन बनाए। अहिले क्रिजमा कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल छन्। नेपालले टस जितेर ब्याटिङ रोजेको हो।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like