जाजरकाेटमा झाडापखालाका कारण एककाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

जाजरकाेटमा झाडापखालाले गर्दा एक जनाकाे मृत्यु भएजुनीचाँदे गाउँपालिका-७ का ५१ वर्षीय जयबहादुर रोकामगरले समयमा उपचार नपाएकाे कारण उनकाे मृत्यु भएकाे हाे। जयबहादुरलाइ झाडापखालाका साथै वान्ता पनि भएकाे थियाे । उनलाइ उपचारका लागी स्थानीय रजुतरा सामुदायिक स्वास्थ्य इकाईमा लगिएको थियो।

त्यहाँ उपचार नभइ उनलाइ घर फर्काइ लेराएकाे हाे।अन्तमा उनको ज्यान गयो स्थानीय राजेन्द्र रोकामगरले भने समयमा उपचार पाएको भए उनको अकालमा ज्यान जाने थिएन। मृतकका छोरा १४ वर्षीय अनमोल रोकामगर पनि झाडापखालाले सिकिस्त बिरामी भएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले उनको अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा थप उपचारका लागि सुर्खेत पठाइएको जनाएकाे छ।

मौसम परिवर्तनसँगै खानपानमा ध्यान नदिँदा झाडापखालाको समस्या देखिने गरेको जाजरकोट अस्पतालका डाक्टर औसरसिंह राठौरले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको