हात्तीकाे आक्रमणबाट एक जनाकाे मृत्यु

काठमाण्डाैँ,

वनभाेज खाना जाने क्रममा हात्तीकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ।सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा हाेलीकाे अवसरमा वनभाेज खाना गएकाे युवककाे हात्तीकाे आक्रमणबाट मृत्यु भएकाे प्रहरी कार्यलयले जानकारी दिएकाे छ।

हात्तीकाे आक्रमणबाट गोलबजार नगरपालिका– ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।

मङगलबार वनभाेजमा खाना पकाएर खाने क्रममा  ४ बजे  दुइ हात्तिकाे आक्रमणबाट घटनास्थलमै मृत्यु भएकाे छ।

हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरूले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमान्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

मंगलबार अपराह्न हात्तीको आक्रमणमा युवकको मृत्यु भएलगत्तै राति पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार– ३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरीसमेतको सहयोगमा स्थलगत अनुगमन गरिँदै छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like