३० हजार टन युरिया मलमध्ये २० हजार टन मल भित्रिएकाे

काठमाण्डाैँ,

कृषि सामर्गी कम्पनिले ग्लाेबल टेण्डरबाट खरिद गरेकाे ३० हजार टन मलमध्ये २० हजार टन युरिया मल भित्रिएकाे छ।

विरगन्जस्थिखत सिर्सिया सुख्खा बन्दरगाह र विरगन्जकाे सिमावर्ती भारतीय सहर रक्साैल रेल्वे स्टेसनमा गरी ८ रेल्वे र्‍याकमा मल आइपुगेको हाे भन्दै कम्पनीकाेमधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारले बताएका छन्।

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको उक्त मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । उसले मलेसियाबाट खरिद गरी भारतको कोलकता बन्दरगाह हुँदै नेपालमा मल ल्याइरहेको छ । कुल ३० हजार टन मध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र बाँकी ७ हजार ५ सय टन मल कम्पनी विराटनगर प्रादेशिक कार्यालयले पाउने छन् ।

वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै भित्रिन्छ भने बिराटनगरको मल कोलकताबाट सोझै ट्रकमा बिराटनगर ल्याइँदै छ । चैते धान बाली सिजनका लागि ल्याइएको मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइरहेको कुमारले जानकारी दिए । यसअघि ‘जीटूजी’ प्रक्रियाबाट भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइसकेको उनले बताए । २० हजार टन डीएपी कोलकता आइपुग्यो।

कुमारका अनुसार कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको २० हजार टन डीएपी मल पनि कोलकता बन्दरगाह आइसकेको  जानकारी दिए । स्विस सिंगापुर कम्पनी नै आपूर्तिकर्ता रहेको सम्झौताको मल शुक्रबार कोलकता बन्दरगाह आइपुगेको उनले बताए । ‘कोलकाता आइपुगेको मल अहिले त्यहाँ रि प्याकिङको काम भइरहेको छ,’

उनले भने, ‘फागुन २८ पछि नेपाल आइपुग्न थाल्छ ।’ यो मल पनि चैते धान बाली सिजनकै लागि ल्याइएको उनले बताएका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like