काठमाण्डाैँ,
स्कुटर र माेटरसाइकल एक आपसमा ठाेक्किदा एकजना व्यक्तिकाे मृत्यु भएकाे छ।
धरान चतरा सडकखण्डअन्तर्गत हेटाैँडा उपमहानगरपालिका -१७ हटियास्थित कठायत चोकमा दुर्घटना भएकाे प्रहरीले जानकारी दिएका छन्।
बुधबार बिहान हेटौँडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा.६४प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको बा. प्र. ०३–०५ प ७११ नम्बरको स्कुटर एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
साे दुर्घटनामा परी घाइते भएका हेटाैँडा १८ भालुखाेलाका १८ वर्षिय अर्जुन भाेम्जन उपचारकाे क्रममा हेटाैँडा अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन्।
दुर्घटनामा स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका– ८ शान्तिपुरकी ललिता मगर, नुवाकोट जिल्ला ककनी गाउँपालिका– ४ घर भई हाल बागमती गाउँपालिका बस्दै आएकी जिना लामा र मोटरसाइकलमा सवार हेटौँडा– १८ भालुखोलाका दीपक घलान घाइते भएका छन् ।
घाइतेमध्ये दीपकको हेटौँडामा तथा ललिता र जिनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।