श्री एयरलाइन्स जहाजमा आगलागी भयाे

काठमाण्डाैँ,

बिहिबार बिहान भैरवाका लागी उडेका श्री एयरलाइन्स जहाजमा ७८ जना यात्रुहरू रहेकाे कुरा खुलेकाे छ।

उक्त जहाज उड्ने बित्तिकै आगलागी भएकाे हाे। जहाज उड्नेबित्तिकै इन्जिनमा आगलागी भएता पनि चालकदलका सदस्यले त्रिभुवन विश्वविमानस्थलमा जहाज सुरक्षित अवतरण गर्न सफल भएका हुन्।

विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले  विमान उड्नेवित्तिकै दायाँ इन्जिनमा आगलागी भएकाे थाह पाएपछि तत्कालै विमान अवतरण गरेका हुन्।

उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गरासँगै विमान काठमाडौँमै फर्काइएको थियो ।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like