धनगढीमा अटाे दुर्घटनामा परी वृद्धकाे मृत्यु

काठमाण्डाैँ,

फागुन २५ गते  कैलालीकाे धनगढीमा अटाे दुर्घटनामा परी एक वृद्धकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकस्थित छ लेन सडकमा अटो दुर्घटना हुँदा त्यसमा सवार गौरीगङ्गा नगरपालिका–४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको हो

आज बिहान धनगढीबाट कञ्चनपुरतर्फ जाने क्रममा से १ ह २६३९ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले बताएका छन्।

यस्तै अटाे पल्टिएपछि त्यसमा सवार जाेशी घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक कुलदीप चन्दका अनुसार उपचारकाे क्रममा धागढीकै माया मेट्राे अस्पतालमा उनकाे मृत्यु भएकाे जानकारी दिएका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like