काठमाण्डाैँ,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनका क्रममा संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले र कांग्रेस मिल्दैनाैँ भनेर कसम नखाएकाे बताएका छन्।
उनले भने, ‘कांग्रेससँग हामी मिल्न सक्छौं। मिल्दैनौं भनेर कसम खाएका छैनौं। राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ।’