नेपालमै पहिलाेपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन

समाचार शेयर गर्नुहोस्

काठमाडौं

 नेपालमै पहिलोपटक दुई दिने महिला स्वास्थ्य सम्मेलन सुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र अन्य साझेदार निकायहरूको सहकार्यमा सम्मेलन आयोजना गरिएकाे छ।

महिलाहरूकाे स्वास्थ्यकाे विषयमा निति निर्माता र कार्यक्रम कार्यान्वयनकर्ताहरू बिचको साझेदारी र सहकार्यलाई सबल पार्ने र प्राथमिकतामा राख्नुपर्ने महिला स्वास्थ्यका विषयहरू पहिचान गरी नीति निर्माणमा पहल गर्ने सम्मेलनको मुख्य उदेश्य रहेको परिवार कल्याण महाशाखाका डा विवेक कुमार लालले बताएका छन्।

कार्यक्रममा सन्चारमन्त्री रेखा शर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेल,  पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा लगायत महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको