कालाेमाेसाे दस्ताका केन्द्रीय संयाेजक थापालाई २४ घण्टाभित्र रिहाईकाे माग गर्दै

काठमाण्डाैँ,

कालाेमाेसाे दस्ताका केन्द्रीय संयाेजक शम्भु थापाकाे रिहाइकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाइएकाे छ। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ माहाअभियान चितवनले सिडिओ सुरेन्द्र पाैडेललाई माग सहितकाे ज्ञापनपत्र आज बुझाएकाे हाे।

ज्ञापनपत्र बुझाउँदै माहाअभियान चितवनमा अभियान्ता मेघराज पाैडेलले २४ घण्टाभित्र थापालाई रिहा गर्न आग्रह गरे। उनले  भने , “नेपालमा रहेका सम्पुर्ण बैंक, लघुबित्त, आज सर्वहारा वर्ग तथा मध्यम वर्गीय ब्यापारीहरू चर्काे ब्याजदरकाे मारमा परी दैनिकजसाे नेपाली नागरिकले डाेरीकाे पासाे लगाई , विष सेवन गरी आफ्नै शरीरमा पेट्राेल छर्की आत्मदाह गरेकाे हामीले देख्छाैँ।तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्तालाई २४ घण्टा भित्र बिना शर्त तत्काल रिहा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत अनुराेध गर्दछु ।”

थापालाइ रिहा नगरे आन्दाेलनमा उत्रने चेतावनी समेत माहाअभियानले दिएकाे छ। प्रमुख जिल्ला अधिकारी पाैडेलले ज्ञापनपत्र बुझ्दै गृह मन्त्रालयमा आझै पत्र पठाउने जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like