नुवाकाेटकाे एक पुरूषलाई बलात्कार आराेपमा २३ दिन कैद सजाय

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

जिल्ला अदालतले नुवाकाेटकाे एक पुरूषलाई बलात्कार गरेकाे कसुरमा २३ दिन  कैद सजाय दिने फैसला गरिएकाे छ।

कसुरमा ककनी गाउँपालिका–२ का ५० वर्षीय सानुकान्छा बलामीलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालत नुवाकोटले उक्त फैसला गरेको हो।

बलामीले बालिकालाई २०७८ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मंसिर २४ गते उजुरी दर्ता भएको थियो।

जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको