अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाण्डाैँ,

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । हिजो (बिहीबार) ‘हेर्न नभ्याउने’ भन्दै स्थगित भएको सो मुद्दाको पेसी आज तोकिएको हो।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा मुद्दा परेको थियो तर न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेपछि आजका लागि सारिएको हो ।प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मुद्दा दर्ता गरेका थिए ।

उनीहरूले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार जनाकाे हत्या मध्ये पाँच हजार जनाकाे हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लासग निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउने कानुनी व्यवस्था छ ।

निवेदकतर्फको बहसपछि इजलासले रिट खारेज पनि गर्न सक्छ । रिट खारेज नभएको सन्दर्भमा अदालतबाट कारण देखाउ आदेश वा अन्तरिम आदेश जारी हुन सक्छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like