नेम्बाङकाे चुनावी खर्च १६ हजार ५०० मात्रै

काठमाण्डाैँ,

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएर पराजय भोगेका सुवास नेम्बाङले चुनावका बेला १६ हजार ५०० रुपैयाँ मात्रै खर्चिएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

एमाले उपाध्यक्ष तथा पूर्वसभाध्यक्षसमेत रहेका राष्ट्रपतिका उम्मेदवार नेम्बाङले शुक्रबार आयोग पदाधिकारीलाई बुझाएको खर्च विवरणमा मतदातालाई एसएमएस गर्दा १० हजार र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ।नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्बाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन्।

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले नेम्बाङलाई पराजित गरेका हुन्।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like