काठमाण्डाैँबाट साेलुतर्फ आउदैँ गरेकाे गाडीमा आगलागी

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

मानेभन्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिकै सिद्धिचरण राजमार्गमा काठमाडौंबाट सोलुतर्फ चालकसहित ९ जना यात्रु बोकेर आउँदै गरेको ना १ ज ८८८२ नं जिप ईन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भई शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालकसहित ९ जना यात्रु बोकेर आउँदै गरेको जिप ईन्जिन अत्यधिक तात्तिएर वायरिङको तार सर्ट भई शुक्रबार आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी चौकी हर्कपुरको प्रहरी र यात्रुले आगो निभाउने प्रयास गरेका थिए ।

यात्रु र सामान गाडीबाट निकालिएकोले मानवीय क्षति नभएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । गाडी भने पूर्णरुपमा जलेर नष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको