एक पुरूषले हिरासतभित्रै आत्महत्याको प्रयास

काठमाण्डाैँ,

एब जनाले जिल्ला प्रहरी कार्यालय सल्यान हिरासतभित्र आत्महत्याको प्रयास गरेका छन् ।

जबरजस्ती हाडनाता पक्राउ परेका परेका वनगाड कपिण्डे नगरपालिका १२ का एक ३४ वर्षािय एक पुरूषले बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर हिरासतभित्रै बिलेटले घाँटी रेटेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज (आइबार) बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर बल्याङकेट ओढेर ओछ्यानभित्र बिलेटले घाटी रेटेर आत्महत्याको प्रयास गरेको प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त व्यक्ति बिहान अवेरसम्म सुतेको र ओछ्यानबाट रगत बगिरहेको देखेपछि तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो ।

घाँटीमा बिलेटले धेरै रेटिएकोले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गर्न लागिएको प्रहरी निरीक्षक खनालले बताउनुभयो । उनी गत २५ गते जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए ।

उनले बिलेट कसरी र कहाँबाट ल्याएका हुन् भन्ने’bout अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like