ललितले लिए दुई विकेट, नेपाललाइ तेस्राे सफलता

काठमाण्डाैँ,

दुई सय ४९ रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (युएई)ले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुस्थित त्रिवि खेलमैदानमा जारी खेलमा युएईले पाँच ओभरभित्र आठ रन बनाउँदा तीन विकेट गुमाएको छ । ललित राजवंशीले आफ्नो लगातार दुई ओभरमा दुई विकेट लिएका छन् । उनले विकेट मोडन ओभर गरेका छन् ।

पहिलो ओभरको पाँचौँ बलमा राजवंशीले भ्रित्य अरविन्दलाई बोल्ड गरेका थिए । यस्तै, व्यक्तिगत दोस्रो तथा समग्रमा पाँचौँ ओभरमा कप्तान मोहम्मद वसिमलाई कुशल भुर्तेलको हातबाट क्याच गराए ।त्यसअघि तेस्रो ओभरमा रोहितले बल दीपेन्द्रसिंह ऐरीको हातमा थमाएका थिए । दीपेन्द्रले पनि कप्तानलाई निराश बनाएनन् । चौथो बलमा आर्यन लाक्रालाई बोल्ड गरी डक आउट गरे ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like