नेविसंघका समुहले मकवानपुर बहुमुखी क्यापसमा ताेडफाेड

काठमाण्डाैँ,

मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियनकाे निर्वाचनकाे विषयमा विवाद हुँदा नेविसंघकाे एक समुहले ताेडफाेड गरेकाे छ। यस्तै असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विराेध गरेका छन्।

विद्यार्थीहरु तोडफोड र प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  मकवानपुरमा नेविसंघ दुई समूहमा विभाजित छ । एक समूहको नेतृत्व भीषण ठकुरी समूहले गरेको छ भने अर्को समूहको नेतृत्व सुवास सापकोटाको समूहले गरेको छ ।  स्ववियु निर्वाचनमा ठकुरी समूहलाई मान्यता नदिएपछि सो समूह तोडफोडमा उत्रिएको हो । सापकोटा कांग्रेस नेता इन्द्र बानियाँ निकट मानिन्छन् भने ठकुरी नेतृ डीना उपाध्ययायनिकट मनिन्छन् ।

स्ववियु निर्वाचनमा नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले ठकुरी समूहलाई आधिकारिक भनेर चिठी पठाएपनि स्ववियु निर्वाचन कमिटीले सापकोटा टीमलाई उम्मेदवार बनाएपछि लफडा भएको हो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like