शंकास्पद बस्तु भेटियाे,भरतपुरकाे उमावढी आदर्श शेरचन कलेजमा

काठमाण्डाैँ,

स्ववियु निर्वाचनको मुखमै भरतपुर महानगरपालिका–२६, दिव्यनगरस्थित उमावढी आदर्श शेरचन कलेजमा आज बिहान करिब पौने ६ बजे प्राध्यापक सर्वहित पण्डित पुग्दा शंकास्पद बस्तु भेटिएकाे हाे।

प्राध्यापक पण्डितका अनुसार  रातो झोलाभित्रबाट बाहिर तारहरु निस्किएको छ । बम भएको आशंकामा तत्काल प्रहरीलाई खबर गरिएको प्राध्यापक पण्डितले बताए । नेपाली सेनाको डिस्पोजल टोली कलेजमा पुगेकाे छ ।यस कलेजमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन हुँदैछ ।

सोही अनुसार आज उम्मेदवारहरुलाई मनोनयनपत्र वितरण र भोलि दर्ताको कार्यतालिका रहेको थियो । हिजो मात्रै नेकपा ९एमाले०निकट विद्यार्थी संगठन अनेरास्वियुले विभिन्न माग राख्दै विहान कलेजमा तालाबन्दी समेत गरेको थियो । हिजो नै लोसपा पार्टी निकट विद्यार्थी संगठनले पनि समावेशितालगायतको माग राखेर दिउँसो तालाबन्दी समेत गरेको थियो ।

विवाद चर्कदै गइरहेको अवस्थामा शंकास्पद बस्तु भेटिदा विद्यालयमा त्रास सिर्जना भएको छ । आज विहानैदेखि पठनपठान कार्य प्रभावित बनेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like