२ जना अमेरिकी नागरिक प्रतिबन्धित भारतीय रूपैँयासहित पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाइ साेमबार दिउँसाे प्रहरीले पक्राउ गरेका हुन्।पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया  KALSANG CHODON रहेका छन् ।

भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको थियो ।  यस सम्बनधमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको