विभेद हुदैँन् स्वदेश र विदेशी लगानीकर्तामा :प्रधानमन्त्रि दाहाल

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन् । नेपालको व्यापार नीति वैदेशिक लगानीमैत्री रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले वैदेशिक लगानी बढाउन सरकार अग्रसर रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले मंगलबार काठमाडौंमा आयोजित नेपाल-चीन लगानी तथा व्यापार मञ्चले आयोजना गरेको एक कार्यक्रममा नेपालले विदेशी लगानीकर्तालाई प्रेरित, प्रवर्द्धन र सुरक्षा गरेको बताएका हुन् । प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा भने, ‘नेपालले व्यापार र लगानीमैत्री नीति बनाइरहेको छ । हामीले हाम्रा नीतिहरूमा सुधार गर्दै वैदेशिक लगानीका लागि प्रोत्साहन, प्रवर्द्धन र सुरक्षा गरिरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले नेपालको करसीमा न्यून रहेको र व्यावसायिक वातावरण राम्रो भएको बताए ।यस्तै उनले पूर्वाधार विकासका लागी नेपाललाई ठुलाे लगानी र विभिन्न नयाँ प्रविधिकाे आवश्यक्ता रहेकाे उल्लेख गरेका छन्। चिनका सरकारले नयाँ प्रविधि र ठुलाे लगानी भित्र्याउने सहयाेग गर्न उनले बताएका छन्।

उनले स्वदेशी र विदेशी लगानीकर्तामा कुनै पनि विभेद नगरिने पनि प्रतिबद्धता जनाए । उनले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको