एक महिला अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

फागुन  ३० गते । अनलाइनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ लाख २० हजार रूपैँया अनलाइनमार्फत ठगी गरेकाे अभियाेगमा प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाइ पक्राउ गरेकाे हाे।

सामाजिक सञ्जाल टिकटकमार्फत अन्जलीले पिडितलाई साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको । साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई बिश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।

त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनको लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, ईन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटक(पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको  हाे।

उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो ।अन्जलीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको