आज शेयर बजार सामान्य बढ्याे

काठमाण्डाैँ,

आइताबार र हिजाे साेमबार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको छ ।आज माइक्रोफाइनान्स, उत्पादन, बैंक र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर झिनो अङ्कले उकालो लागेको छ ।

बजार समान्य बढेकाे दिन दुई सय ५५ वटा कम्पनीकाे ३३ लाख १८ लाख कित्ता शेयर एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like