रामसहायलाइ उपराष्ट्रपतिमा कांग्रेसले समर्थन गर्ने

काठमाण्डाैँ,

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ ।  गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत दिने आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको हो ।

नेपाल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठककाे निर्णयमा ‘नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको यही ७९ चैत्र ३ गते हुने निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार रहनुभएका जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने र संघीय सभाका सदस्य एवं प्रदेश सभाका सदस्यहरुलाई रामसहाय प्रसाद यादवको पक्षमा मतदान गर्न निर्देशन गर्ने, भनिएकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like